मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १९ शुक्रबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या गरेका युवामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १३:०९:००

दुबईबाट फर्किएर होम क्वारेन्टाइनमा बसेको अवस्थामा दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना देखिएको छ । आत्महत्या गरेका गंगादेव गाउँपालिका– ५, का ३१ वर्षीय युवामा काेरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।

१० असारमा दुबईबाट आएका उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए । छिमेकी काकाको खाली गोठमा एक्लै बसिरहेका उनले बुधबार दिउँसो झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विद्यालयको क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि उनलाई गोठमा राखिएको थियो ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीको भनाइ छ । मृतक ऐभानको शवलाई पोष्टमार्टमका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको गंगादेव गाउँपालिका– ५, का वडाध्यक्ष मानबहादुर डाँगीलाई उद्धृत गर्दै गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले जानकारी दिए । 

मृतकको परिवार र शव बोकेका व्यक्तिहरूको पिसिआर परीक्षण गरिने गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बताए ।