मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १९ शुक्रबार १२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाका दोस्रो पुस्ताका नेताहरूको भेला : पार्टी एकता जोगाउन ‘युद्धविराम’का लागि आग्रह

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १२:१८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दोस्रो पुस्ताका नेताहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि सक्रिय बनेका छन् । 

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको टकराव बढ्दै जाँदा पार्टी विभाजन हुने खतरा देखिएपछि दलका दोस्रो पुस्ताका नेताहरू सक्रिय भएका हुन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको निवासमा शुक्रबार दोस्रो पुस्ताका नेताहरू भेला भएर छलफल गरेका हुन् । 

उनीहरूले पार्टीको एकता जोगाउन शीर्ष नेताहरूलाई अपिलसमेत गरेका छन् ।

बैठकमा नेताहरुरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, टाेपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरू सहभागी थिए ।

बैठकले पार्टी एकतालाई जोगाउन नेतृत्वलाई ‘युद्धविराम’का लागि आग्रह गरेको छ । 

‘पुरानो सहमति कार्यान्वयन वा नयाँ सहमति गरेर भए पनि पार्टी एकता जोगाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ नेता भट्टराईले भने, ‘त्यसका लागि संवादलाई तीव्रता दिन नेताहरूलाई ध्यानाकर्षण गराएका छौँ ।’ 

छलफलमा सहभागी नेता जनार्दन शर्माले पार्टीलाई मिलाएर अघि बढाउने हो भने पुराना सहमतिका कुरा मात्र गरेर नहुने बताए । 

‘मिल्ने हो भने नयाँ सिराबाट अघि बढ्नुपर्ने हुन्छ, त्यसो हो भने नयाँ सिराबाट मिल्ने कुरा गरौँ,’ उनले भने, ‘नयाँ विषयमा सहमति गरौँ, अब पुराना सहमतिको कुरा गरेर मात्र हुँदैन, कसैले पनि कुनै पद कायम राखेर मिलौँ भनेर हुँदैन ।’

तत्कालका लागि सहमति खोजेर छिटो महाधिवेशन गरेर पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने भेलाकाे निष्कर्ष छ ।