मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १८ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक महिनासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट ७० जना भागे

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १७:५५:००

बनगाड कुपिण्डे नगरपालिकास्थित एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिपाेर्ट नआएपछि उनीहरू क्वारेन्टाइनबाट हिँडेका हुन् । 

नगरपालिकाको वडा नम्बर ३ स्थित आधारभूत विद्यालय लहाघाटमा बस्दै आएका ७३ मध्ये ७० जना घर गएका हुन् । उनीहरूले प्रहरीहरूलाई ढुंगामुढा गरेर भागेको नगरपालिकाका मेयर गोविन्दकुमार पुनले बताए । उनीहरू १९ जेठदेखि सोही क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १७ दिनपछि उनीहरूको स्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । आरडिटी परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मेयर पुनका अनुसार सुर्खेत पठाएको स्वाब त्यहाँ मेसिन बिग्रिएपछि नेपालगन्ज पठाइएको बताए । नेपालगन्जले पनि आजभोलि परीक्षणमा आलटाल गरेको उनको भनाइ छ । 

प्रदेश सरकारले एउटा गतिलो पिसिआर मेसिनसमेत व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले गुनासो गरे । बनगाड कुपिण्डे नगरपालिकामा मात्रै यस अवधिमा भारतबाट आएका २५ सय नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको थियो । तर, अहिले क्वारेन्टाइनमा एक सयको हाराहारीमा मात्रै छन् । क्वारेन्टाइनबाट भागेकाहरूको खोजी भइरहेको मेयर पुनले बताए ।