१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार ०७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डा. केसीको अनशन २२औँ दिनमा : बिहीबार राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि वार्ता समिति बनाउँदै सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार ०७:२५:००

डा. गोविन्द केसी अनशन बसेको २१ दिन पूरा हुँदा पनि सरकार प्रतिक्रियाविहीन छ । १५औँ अनशनमा गरेको सम्झौतालाई पूर्ण पालना नगरी विधेयक पारित गराएको भन्दै डा. केसीले अनशन लम्ब्याएका छन् ।

तर, प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गराउने र आफ्नो अडान बलियो बनाउने पक्षमा सरकार छ । राष्ट्रिय सभाबाट पनि पारित भएपछि विधेयक पूर्ण हुन्छ, त्यसपछि मात्र वार्ता गर्ने र डा. केसीलाई गलाएर मात्र सम्झौता गर्ने सरकारको योजना छ । ‘उहाँको अनशनमा सरकारको कुनै दख्खल छैन । संसद्ले आफ्नो काम पूरा गर्छ, त्यसपछि मात्र वार्ता हुन सक्छ,’ एक मन्त्रीले नयाँ पत्रिकासँग भने । 

बुद्धिजीवीहरूले केसीको समर्थनमा प्रदर्शन गर्ने
डा. केसीको समर्थनमा बिहीबार लोकतन्त्रवादी पेसागत संघसंगठनमा आबद्ध बुद्धिजीवीहरूले प्रदर्शन गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित अनशनरत डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने भएका हुन् । मंगलबार राजधानीमा भएको भेलाले बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेर बानेश्वर पुगी कोणसभा गर्ने निर्णय गरेको हो ।