१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी समिति बैठक स्थगित, दिनभर बालुवाटार हलमा जम्मा भएका समिति सदस्यहरू फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार १६:४८:००

पूर्वनिर्धारित समयमा सुरु नभई बिहानैदेखि अन्योलमा रहेको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अन्ततः स्थगित गरिएको छ । 

बैठक दुई दिनका लागि स्थगित भएको एक नेताले जानकारी दिए । स्थगित गरिएको दुई दिनमा पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रयास हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा शीर्ष नेताहरूले मागेपछि पार्टीभित्र संकट चुलिएको हो । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारतीय पक्ष लागिपरेको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई स्पष्ट पार्नुपर्ने भन्दै नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा आफूहरूले मागेको भन्दै स्थायी कमिटी बैठकमा राजीनामाको विषयलाई चर्काएका थिए । 

त्यसयता बुधबार र बिहीबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले स्थायी कमिटी सदस्यहरूलाई बेग्लाबेग्लै भेटेका थिए । 

त्यसयता आज मात्र सरकारले संसद्को जारी अधिवेशन अन्त्यसमेत गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सो सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गरेकी थिइन् । 

आज मात्र प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वय ओली र दाहालबीच दुईपटक छलफल भए पनि स्थायी कमिटी बैठक अघि बढाउनेबारे समझदारी हुन सकेको थिएन ।