मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपतिद्वारा बजेट अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार १४:५०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले चालू बजेट अधिवेशन अन्त्य गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि लागू हुने गरी संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन अन्त्य गरेकी हुन् । 

बिहीबार बिहान मात्र मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेकाे थियो ।