मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १८ बिहीबार १३:१७:००
Read Time : < 1 मिनेट
समाचार

 पायक स्थानमा होल्डिङ सेन्टर स्थापना गर्न  प्रदेश १ का मन्त्री र सांसदको माग 

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १३:१७:००

तेस्रो मुलुकबाट आएका नेपालीहरूलाई राख्नका लागि पायक पर्ने स्थानमा होल्डिङ सेन्टर स्थापना गराउन मन्त्री र सांसदहरूले प्रदेश १ सरकारका मुख्यमन्त्रीसँग माग गरेका छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा स्थापना गरिएको होल्डिङ सेन्टर अपायक भएको भन्दै पायक स्थानमा स्थापना गराउन खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका सांसद र मन्त्रीहरूले प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईसँग  माग गरेका हुन् । 

प्रदेश १ का पश्चिम पहाडी जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा आउनेहरूलाई पूर्वतर्फ सुनसरीको चतरामा रहेको होल्डिङ सेन्टर एकदमै अपायक भएकोले उदयपुरको घुर्मी वा ओखलढुंगाको हर्कपुरमा अलग्गै निर्माण गरिनुपर्ने माग गरेका हुन् । 

प्रदेश १ का पश्चिमी जिल्लाका नागरिकहरूले लामो दूरी तय गरेर सुनसरीको चतरामा रहेको होल्डिङ सेन्टरमा पुग्नुपर्ने र त्यहाँबाट फेरि जिल्लाको क्वारेन्टाइनमा जानुपर्दा निकै कष्ट हुने गरेको ओखलढुंगाका सांसद मोहनकुमार खड्काले जानकारी दिए । 

साथै मन्त्री र सांसदहरूले प्रदेश १ को पश्चिमतर्फका जिल्लाहरू उदयपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङका लागि सोही ठाउँको उपयुक्त अस्पतालमै पिसिआर परीक्षण गराउने व्यवस्था गराउन पनि माग गरेका छन् । 

प्रदेश १ सरकारले विदेशबाट आउनेहरूका लागि विभिन्न २४ स्थानमा जम्मा दुई हजार नाै सय ७२ शय्याको  होल्डिङ सेन्टर स्थापना गरेको छ ।  प्रदेश १ मा हालसम्म एक सय ७८ महिला र तीन सय ७८ पुरुष होल्डिङ सेन्टरमा बसिरहेका छन् ।