Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रवण थापा सर्लाही
२०७७ असार १८ बिहीबार १२:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेतमा काम गरिरहेका युवकको चट्याङ लागेर मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ असार १८ बिहीबार १२:५३:००

पानीसँगै परेको चट्याङ लागेर बिहीबार बिहान सर्लाहीमा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

बागमती नगरपालिका– ८ स्थित सुनमाया बस्नेतको खेतमा धान रोप्न पुगेका बागमती नगरपालिका– १० बस्ने नरेश हजारीका १८ वर्षका छोरा छोटु पासवानको चट्याङ लागेर मृत्यु भएको हो । खेतमा काम गर्दै गरेका पासवान र सोही स्थानकी  कमलादेवी मुखिया घाइते भएका थिए । 

घाइते पासवानलाई उपचारको लागि बरहथवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । घाइते  कमलादेवी मुखिया भने उपचारपश्चात् घर फर्किसकेकी छिन् । यस्तै जिल्लाको बलरा नगरपालिका– १ बस्ने मानन सहनीका छोरा ३५ वर्षीय बरुण सहनी पनि चट्याङ लागेर घाइते भएका छन् । 

घाइते सहनीको शरीर सुन्निएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि आफन्तले भारतको सीतामणितर्फ लगेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।