मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार १८ बिहीबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मृत महिलाको आत्महत्या नभई हत्या भएको ठहर

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १०:३९:००

गत असार १४ गते आइतबार बिहान एक महिलाले आत्महत्या गरेको उजुरी प्रहरीमा पऱ्याे । तर,  मृतक महिलाको दाइले आफ्नो बहिनीले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै प्रहरीमा कर्तव्य ज्यानको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जाहेरी दर्ता गर्दै अनुसन्धान सुरु गरेको छ । 

जिल्लाको सम्सी गाउँपालिका– ७ स्थित सञ्जितकुमार यादवकी श्रीमती २२ वर्षीया सुनिलादेवी यादव मृत भेटिएपछि उनले आत्महत्या गरेको नभई हत्या भएको माइती पक्षको ठहर छ । माइती पक्षले  मृतकका श्रीमान्, ससुरा र घरका अन्य दुई सदस्यविरुद्ध हत्याको किटानी जाहेरी दिएका हुन् ।

प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा लगाउने तयारी गरे पनि माइती पक्षले  दुरुत्साहन नभई हत्या नै गरेको भनेपछि प्रहरीले अन्ततः जाहेरी दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीका केसीले जाहेरी परेपछि सोही मुद्दामा अनुसन्धान हुने र प्रक्रिया अगाडि बढ्ने बताएका छन् । 

यस्तो छ घटना 
सुनिलाको सञ्जितकुमार यादवसँग करिब ६ वर्ष पहिले सामाजिक रीतिअनुसार विवाह भएको थियो ।  विवाहलगत्तै दाइजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको मृतक सुनिलाका दाइ कृष्ण यादवको आरोप छ । पछि ज्वाइँले सुनको औँठी मागेको र ससुराले भैँसी मागेको उनका दाजुको बताए । बुबाले सुनको औँठी र भैँसी दिन नसक्ने भनेपछि बहिनीको हत्या गरेको मृतकका दाजु बताउँछन् । 

मृतकको अनुहार तथा शरीरमा  नीलडाम देखिएको  छ । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या वा आत्महत्या के हो पहिचान हुने प्रहरीले जनाएको छ ।