मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार १८ बिहीबार ०८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बारामा चट्याङ लागेर चारको मृत्यु, सात घाइते 

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार ०८:४४:००

बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान पानीसँगै परेकाे चट्याङले फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चारजना महिलाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा फेटा गाउँपालिका– १ त्रिवेनीनिवासी ३० वर्षीया सिन्दु देवी, ४० वर्षीया सुनरपती देवी तथा कलैया उपमहानगरपालिका शीतलपुर निवासी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतो रहेकाे बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मृतक चारैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेतमा गएको वेला चट्याङ लागेर मृत्यु भएको उपरीक्षक मिश्रले बताए  । 

यस्तै, मृतक महिलाहरूसँगै खेतमा गएका सातजना पुरुष घाइते भएका छन् । घाइतेकाे नाम अहिलेसम्म खुल्न सकेको छैन।

उनीहरूलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।