१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १७ बुधबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँचाइ कार्यालय दैलेखका प्रमुखसहित चारजना अख्तियारद्वारा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १८:२८:००

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । 

भगवतीमाई गाउँपालिका– ३ सानटडा खोला तटबन्धन निर्माण सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

निमित्त कार्यालय प्रमुख (इन्जिनियर) मल्ललाई कार्यालय परिसरबाट र सबइन्जिनियर वीरेन्द्र चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो । मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रुपैयाँ बरामद भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

थप अनुसन्धानको सिलसिलामा सबइन्जिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसमेत चारैजनालाई मंगलबार नियन्त्रण लिई अनुसन्धान भइरहेको अख्तियार कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।