१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १७ बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि सुलिकोट गाउँपालिकाका कार्यालय पाँच दिनका लागि बन्द

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १५:५६:००

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाका सबै कार्यालय बन्द गरिएको छ । 

कोरोना भाइरसको थप जोखिम न्यूनीकरणका लागि १७ असारदेखि २१ असारसम्मका लागि स्वास्थ्य चौकीहरूबाहेकका सबै कार्यालयहरू बन्द गर्ने निर्णय भएको गाउँपालिकाद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति उल्लेख छ ।  

गाउँपालिकाको सूर्य ज्योति माविको क्वारेन्टाइनमा रहेका एकजनासहित स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । 

उनका अनुसार यही १३ असारमा कन्ट्रयाक ट्रेसिङका क्रममा उनीहरूको पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

स्वास्थ्यकर्मी सम्पर्क रहेको कर्मचारीहरूसहित अन्यको कन्ट्रक्याट ट्रेसिङका लागि पनि पहल भइरहेको उनले जानकारी दिए । 

बारपाक सुलिकोटका दुईजना कोरोना संक्रमणको पुष्टि भएको बुधबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।