मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मिना बुढाथोकी
२०७७ असार १७ बुधबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

सल्यान कारागारमा कैदीबन्दीले गरे नाराबाजी

Read Time : < 1 मिनेट
मिना बुढाथोकी
२०७७ असार १७ बुधबार १३:१५:००

पाँचजना कैदीबन्दीलाई सरुवा गरी अन्यत्र पठाउन खोजिएको भन्दै जिल्ला कारागार सल्यानमा बुधबार नाराबाजी भएको छ । सल्यान कारागारका पाँच कैदीबन्दीलाई तुलसीपुर कारागार सरुवा गर्ने विषयको विरोधमा नाराबाजी भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए । 

उनले कारागारमा भएको नाराबाजीको विषयमा छानबिन समिति गठन गरी थप जानकारी लिने र समस्या सम्बोधन गर्ने बताए । बिहानैदेखि कारागारभित्र नाराबाजी भएको हो । कैदीबन्दीले नाराबाजी गरेपछि कारागारको सुरक्षा कडा पारिएको छ ।