मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
२०७७ असार १६ मंगलबार १८:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कांग्रेस बैठकमा एमसिसीबारे देउवा र केसीबीच सवाल–जवाफ

Read Time : > 1 मिनेट
२०७७ असार १६ मंगलबार १८:३८:००

एमसिसी सम्झौताका विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा सवाल–जवाफ भएको छ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमसिसी सम्झौतालाई कांग्रेसले बोक्न नहुने बताएपछि सभापति शेरबहादुर देउवाले प्रतिवाद गरेका हुन् । ‘यो एमसिसीलाई हामी कांग्रेसले किन बोक्ने ? यसको जस र असजस सत्तारुढ पार्टीलाई नै छोडिदिए हुन्छ, हामी किन यसमा मिसिँदै छौँ ?’ नेता केसीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय समितिमा छलफल नगर्ने अनि जहिल्यै एमसिसी एमसिसी भनेर बोलिरहने यस्तो पनि हुन्छ ?’

नेता केसीले एमसिसीमा प्रश्न उठाएपछि सभापति देउवाले प्रतिवाद गरे । ‘एमसिसी  हाम्रै पालामा सम्झौता भएको हो । केन्द्रीय समितिले पनि निर्णय गरेको विषय हो,’ देउवाले भने, ‘पार्टीले यसकै पक्षमा छौँ भनेर निर्णय गरेपछि मैले मात्र बोकेँ भनेर हुन्छ ? एमसिसीमा प्रश्न छन् भने बैठकमै आफ्ना कुरा राख्न देउवाले आग्रह गरे । 

नागरिकतामा पनि देउवामाथि प्रश्न
बैठकमा केन्द्रीय सदस्यहरूले वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सभापति देउवाले गरेको ट्विटमा प्रश्न उठाएका छन् । ‘मैले महिला र पुरुषबीच असमानता नहोस् भनेर भेदभाव नगरी नागरिकता दिनुपर्छ भनेर ट्विट गरेको हुँ,’ देउवाले भने, ‘छलफल गरौँ जेमा सहमति हुन्छ त्यही निर्णय गरेर जाउँ ।’ 

बैठकमा कृष्णप्रसाद सिटौला, महेश आचार्य, धनराज गुरुङसहितका केन्द्रीय सदस्यले नागरिकतामा पार्टी एकातिर नेता अर्कातिर हुने गरी मत राखेर जान नहुने बताएका थिए । सिटौलाले अन्तरिम संविधान २०६३ मा नागरिकताबारे गरिएको व्यवस्थाअनुसार नै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए । नागरिकताको विषय मधेसवादी दलहरूले नभई कांग्रेसले अघि सारेको मुद्दा भएको उनको भनाइ थियो । नेता आचार्यले पनि बहुमतले पारित भएको नागरिकताको विषय असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए । 

कार्यतालिका हेरफेर हुँदै
केन्द्रीय समितिको बैठकले असार मसान्तमा पार्टीका आन्तरिक समायोजन सक्ने, साउनसम्म क्रियाशील सदस्यताको विषय टुंग्याएर १४औँ महाधिवेशनको कार्यतालिका पुनः परिमार्जन गर्दै छ । बैठक चलिरहे पनि सभापति देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरू कार्यतालिका परिमार्जनबारे छलफलमा छन् । 

बैठकमा सभापतिइतर पक्षका नेताहरू तत्काल काम नथाल्ने हो भने तल्लो तहको अधिवेशनको हेरफेर गर्दा पनि आगामी फागुन ७ देखि १० सम्म महाधिवेशन गर्न गाह्रो हुने बताइरहेका छन् । कोरोना  वर्षलाई देखाएर अब महाधिवेशनको तयारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।