मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार १६ मंगलबार १७:५०:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

विद्यालय जान नपाए पनि किताब पाउँदा गदगद् (फोटोफिचर)

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार १६ मंगलबार १७:५०:००

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण तीन महिनादेखि देशभरका सबै विद्यालय बन्द छन् । विद्यालय बन्द भए पनि नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले बालबालिकाको हातहातमा किताब पुऱ्याउने घोषणा गरेको छ ।

यही क्रममा मंगलबार विराटनगर महानगरपालिका– १२ स्थित बखरी गाउँका विद्यार्थीे नयाँ पुस्तक पाएका छन् । विद्यालय नगएको तीन महिनापछि नयाँ पाठयपुस्तक पाउँदा उनीहरू खुसीले गदगद् भएका छन् । विद्यालय जानबाट वञ्चित भएका बालबालिकामा उत्साह जगाउन  विराटनगरको बखरी आधारभूत प्राविले विद्यार्थीलाई बोलाएर नयाँ पाठयपुस्तक वितरण गर्न थालेको हो । नयाँ पाठयपुस्तकले बालबालिकामा घरमै हेर्ने र पढ्नमा अभिरुचि पैदा गर्ने विश्वास लिएको प्रधानाध्यापक विदयान्द कामतले बताए ।