१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १६ मंगलबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार

नागरिकता विधेयकको विरोधमा जसपाकाे प्रदर्शन, बाबुराम भट्टराई पनि सडकमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १६ मंगलबार १४:३७:००

नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदर्शन गरेको छ । जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरू नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधानविरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरूले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारासमेत लगाएका थिए ।

प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।