मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १६ मंगलबार १२:२७:००
Read Time : < 1 मिनेट
समाचार

आफैँले बोेकेको पेस्तोलबाट गोली हानी प्रहरी हवल्दारले गरे आत्महत्या

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १२:२७:००

आफैँले बोकेको पेस्तोलबाट गोली हानी जिल्ला अदालत सुनसरीमा कार्यरत एक प्रहरी हवल्दार आत्महत्या गरेका छन् । 

जिल्ला अदालत सुनसरीका न्यायाधीशको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफ्नै पेस्तोलबाट आत्महत्या गरेका हुन् । 

मोरङको उर्लाबारी नगरपालिका– २ राजघाट घर भई सुनसरी जिल्ला अदालतमा न्यायाधीशको सुरक्षागार्डका रूपमा खटिएका ३० वर्षीय हवल्दार खतिवडाले सोमबार साँझ आफ्नै पेस्तोलले आफ्नै कञ्चटमा गोली हानेका थिए । 

घर बिदामा गएर सोमबार मात्रै ड्युटीमा हाजिर भएका हवल्दार खतिवडाले साँझ सवा सात बजे अदालतको छतमा गएर आफैँले बोकेको पेस्तोल झिकेर आफनै कञ्चटमा गोली हानेका थिए ।   

आफैँले आफैँलाई गोली हानेर सिकिस्त घाइते भएका हवल्दार खतिवडालाई सोमबार साँझ नै उपचारका लागि धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठान पठाइएको तर उपचारकै क्रममा  उनको मृत्यु भएको जिल्ला प्रहरी सुनसरीका डिएसपी विनोद शर्माले बताए । 

हवल्दार खतिवडाले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । तर, उनले पारिवारिक कलहले गर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।