१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १५ सोमबार २२:११:००
Read Time : < 1 मिनेट
विश्व

इरानले जारी गऱ्यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार २२:११:००

इरानले अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत ३५ व्यक्तिका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । यो विषयमा इरानले इन्टरपोलको समेत सहयोग मागेको छ । 

समाचार एजेन्सी रोयटर्सले इरानको फार्स न्युजलाई उद्धृत गर्दे इरानका सरकारी वकिल अलि अल कासिम मोहरले यस्तो जानकारी दिएको उल्लेख गरेको छ । इरानले यस्तो वारेन्ट आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको हत्याको आरोपमा जारी गरेको हो । इरानी कुर्द सेनाका प्रमुख सुलेमानी ३ जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका थिए । 

अमेरिकाले खाडी देशका अमेरिकी सैन्य शिविरमा भएका हमलामा सुलेमानीको हात रहेको बताएको थियो ।