मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १५ सोमबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार

विराटचोकमा आगलागी हुँदा  तीन होटेलमा क्षति, ६ जना घाइते 

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार १४:०७:००

मोरङको सुन्दरहरैँचा नगरपालिका– १२ विराटचौकमा सोमबार राति आगलागी हुँदा तीनवटा होटेलमा क्षति पुगेको छ । ए–वान खाजा घरबाट राति १ बजेदेखि  आगलागी सुरु भएको थियो ।

आगो फैलिएर पोख्रेल स्टाफ होटेल र धनकुटे समीर स्टाफ होटेलमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख ऋषिराज ढकालले बताए ।  ढकालका अनुसार आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् ।

तीनजनाको अवस्था गम्भीर छ । आगोले पोलेर सुन्दरहरैँचा–१२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैँचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैँचा– १० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको विराटनगरका अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा परेर ६ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।