मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नारायण विश्वकर्मा
२०७७ असार १५ सोमबार ११:२७:००
Read Time : > 1 मिनेट
समाचार

स्याङ्जामा खयर र सालको काठसहित चारजना नियन्त्रणमा

Read Time : > 1 मिनेट
नारायण विश्वकर्मा
२०७७ असार १५ सोमबार ११:२७:००

स्याङ्जामा ठूलो परिमाणमा अवैध खयर र सालको काठ बरामद गरिएको छ । 

जिल्लाको कालिगण्डकी गाउँपालिका– ७ आँधीमुहानमा राखिएको तीन सय गोलिया अवैध खयरको काठ बरामद गरिएको हो ।

त्यसैगरी जिल्लाकै चापकोट नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा राखिएका ६३ गोलिया बोक्रासहितका सालको काठ, अन्य केही सुकेका सालको काठ, चिरान गरिएका सालको काठ बरामद गरिएको छ । खयरधनी, फर्निचर सञ्चालक र अन्य दुईजना पक्राउ परेका छन् ।
 
प्रहरीले कालिगण्डकी गाउँपालिका– ७ आँधीमुहानस्थित सडकको दाहिनेतर्फ राखेको तीन सय गोलिया अवैध खयरको काठ बरामद गर्नुका साथै काठधनी सोही स्थान बस्ने ४५ वर्षीय डोलप्रसाद भट्टराईलाई पक्राउ गरी डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको छ ।

यस्तै, चापाकोट नगरपालिका– ८ क्वामीस्थित टोपलाल न्यौपानेको फर्निचर उद्योगबाट अवैध सालको काठ र चापाकोट नगरपालिका–२ रानिसेराका ४० वर्षीय मोहन भन्ने टीकाराम श्रेष्ठले आफ्नै घरमा विनाइजाजत राखेको सालको काठसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

टोपलाल न्यौपानेको फर्निचर उद्योगमा खानतलासी गर्दा चापकोट नगरपालिका– २ वस्ने ३७ वर्षीय शिवप्रसाद रेग्मीले ४४ गोलिया सालको काठ चिरानका लागि लगेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीले सालको काठ बरामद गर्नुका साथै फर्निचर सञ्चालक न्यौपाने र काठ फर्निचरमा लैजाने रेग्मीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको जनाएको छ ।

यसैगरी चापाकोट नगरपालिका– २ रानिसेराका ४० वर्षीय मोहन भन्ने टीकाराम श्रेष्ठले आफ्नै घरमा विनाइजाजत राखेको १९ गोलिया सालका बोक्रासहितका काठ, १० गोलिया सुकेको सालको काठ, १० थान चिरान गरिएका सालको काठ प्रहरीले बरामद गरेको छ । 

प्रहरीले बरामद गरिएका सालको काठसहित श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सबडिभिजन वन कार्यालय चापाकोटमा बुझाएको जनाएको छ ।