मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १५ सोमबार ०९:४५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिड-१९ उपचारमा एन्टिबडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १५ सोमबार ०९:४५:००

- यो उपचार पद्धति दीर्घकालीन समाधान भने होइन । खोप र औषधिले जस्तो यसले लामो समय काम गर्दैन । एकपटक बिरामीमा गरिने एन्टिबडी थेरापीले एक–दुई महिना मात्र काम गर्छ ।

- अमेरिकाको एलर्जी र सरुवारोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक तथा ह्वाइटहाउस कोरोना भाइरस कार्यदलका सदस्य डा. एन्थोनी फउसी कोभिड–१९ विरुद्धको लडाइँमा एन्टिबडी उपचार पद्धति महत्वपूर्ण उपलब्धि हुने बताउँछन्

- कोभिड–१९ महामारी नियन्त्रणमा खोप र औषधि बनाउन अध्ययन जारी छ । यही वेला अमेरिकी वैज्ञानिकले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउने उपचार पद्धति सबैभन्दा प्रभावकारी देखिएको दाबी गरेका छन् ।

- सिएनएनका अनुसार कोरोना संक्रमितको शरीरमा एन्टिबडी उत्पादन बढाउने उपचार पद्धति सन् २०२० भित्रै तयार हुने दाबी पनि वैज्ञानिकहरूको छ ।

- एन्टिबडी प्रोटिन हो, जसले शरीरलाई संक्रमणबाट बचाउँछ । गम्भीर प्रकृतिको फ्लु, मर्स र सार्सजस्ता संक्रमणको उपचारमा यो पद्धति यसअघि पनि प्रयोगमा थियो ।

- सन् १९१८ को फ्लु महामारी नियन्त्रणमा चिकित्सकहरूले ‘कन्भलेसेन्ट प्लाज्मा’ पत्ता लगाएका थिए, जुन फ्लु संक्रमणबाट मुक्त बिरामीमा पाइएको थियो ।

- कोभिड–१९ को उपचारमा पनि ‘कन्भलेसेन्ट प्लाज्मा’ उपयोगी हुने निष्कर्ष निकालिएको छ । तर, शरीरमा यसको मात्रा कम हुने भएकाले अन्य औषधि प्रयोगमार्फत बढाउनुपर्ने चुनौती छ ।

- औषधि प्रयोगमार्फत उत्पादित ‘कन्भलेसेन्ट प्लाज्मा’ अझ प्रभावी देखिएको उनीहरूको भनाइ छ । चिकित्सकहरूले कोभिड–१९ उपचारमा ‘मोनोक्लोनल एन्टिबडी’ तयार पार्न लागिएको जनाएका छन् ।

- यो उपचार पद्धति दीर्घकालीन समाधान भने होइन । खोप र औषधिले जस्तो यसले लामो समय काम गर्दैन । एकपटक बिरामीमा गरिने एन्टिबडी थेरापीले एक–दुई महिना मात्र काम गर्छ ।

- तर, कोरोना संक्रमणको जोखिम समूहलाई यो विधि प्रभावकारी बन्ने आकलन छ ।