मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १४ आइतबार २०:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

सलह ल्याए किलोको २५ रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय 

Read Time : < 1 मिनेट
२०७७ असार १४ आइतबार २०:१२:००

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह (फट्यांग्रा) संकलन गरी ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

सलहको झुन्ड सुदूरपश्चिममा पनि आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । सलहले गर्ने क्षति कम गर्न पनि यस्तो निर्णय गरेको उनले बताए । सलह संकलन गरेर स्थानीय तहमा बुझाए किलोको हिसाबले पैसा दिने व्यवस्था गरेको उनको भनाइ छ । कैलालीको टीकापुर र लम्की–चुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भनाइहरू सार्वजनिक भएपछि क्षति कम गर्न आवश्यक तयारी थालेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता जोशीले धान रोपे पनि हरियो भइनसकेकोले सलह किराको समूह आए पनि धेरै क्षति नहुने बताए । सलहको समूह आएर बारी खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न किसानलाई आग्रह गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । ‘धान भर्खरै रोपेको र सबैतिर हरियाली भएकाले खाडीमा जस्तो यता क्षति हुँदैन, तर कृषकलाई होसियार भएर बस्न आग्रह गरेका छौँ,’ उनले भने, ‘सहलको समूह सुदूरपश्चिममा आउने र नआउने सम्भावना उत्तिकै छ ।’

भारतबाट सलहको चार झुन्ड पर्सा, बारा, रुपन्देही र सर्लाही भएर नेपाल प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।