मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १४ आइतबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार

खरको छाना विस्थापित गर्न लमजुङलाई चार करोडभन्दा बढी बजेट

Read Time : < 1 मिनेट
२०७७ असार १४ आइतबार १६:३७:००

लमजुङका आठ स्थानीय तहमा रहेका नाै सय ७६ घरमा रहेको खरको छाना हटाउन चार करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

सहरी विकास मन्त्रालयले खरको छाना विस्थापित योजनाअनुसार यो रकम लमजुङका लागि विनियोजन गरेको हो । 

जिल्लाको मध्यनेपाल नगरपालिकाको एक सय ८९ घर, सुन्दरबजार नगरपालिकाको एक सय ६० घर, बेंसीसहर नगरपालिकाका एक सय ४२ घर, राइनास नगरपालिकाको ९३ घरको छाना खरको रहेकोमा उक्त छाना विस्थापित गर्न बजेट विनियोजन गरिएको हो । 

त्यसैगरी क्व्होलासोंथर गाउँपालिकाका एक सय २४ घर, दोर्दी गाउँपालिकाको ९९ घर, मर्स्याङ्दी गाउँपालिकाको ८६ र दूधपोखरी गाउँपालिकाको ८३ घरको छाना फेरिने भएका छन् । 

खरको छाना भएका प्रत्येक घरले करिब ५०–५० हजार रुपैयाँ पाउनेछन् । र, उनीहरूले खरको सट्टा टिनको छानाले घर छाउनेछन् ।