मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १४ आइतबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार १४ आइतबार १२:४०:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता–कार्यकर्तालाई धनगढीमा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बैठक बसेका वेला शनिबार साँझ उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ पर्नेमा उक्त पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरू डम्बर सुनार, लक्की शाह, विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुवास जोशी रहेको प्रहरी उपरीक्षक जबराले जानकारी दिए ।

उनीहरू शंकास्पद गतिविधिमा संलग्न रहेको र केहीलाई पुरानो मुद्दाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।