Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १४ आइतबार १०:५२:००
Read Time : < 1 मिनेट
अर्थ

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १४ आइतबार १०:५२:००

मेलम्ची नगरपालिकाले १ अर्ब १३ करोड २७ लाख २६ हजार रुपैयाँको आय–व्यय अनुमानसहितको विनियोजन विधेयक २०७७ पारित गरेको छ । नगरप्रमुख डम्बरबहादुर अर्यालको अध्यक्षतामा बसेको नगरसभाको सातौँ अधिवेशनले आय–व्यय अनुमान पारित गरेको हो । 

नगरपालिकाले १५ करोड २७ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने योजना बनाएको छ । त्योबाहेक लागत सहभागिता ३० लाख रुपैयाँ र अघिल्लो वर्षको ६ करोड २० लाख रुपैयाँ बजेट सार्ने योजना बनाएको हो । अन्य रकम केन्द्रीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड र विभिन्न विषयका नगद अनुदानबाट जुटाउने योजना बनाएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले १० करोड रुपैयाँ क्रमागत तथा बहुवर्षीय योजना तथा कार्यक्रममा खर्च गर्ने भएको छ । त्यस्तै, नगरपालिकाका विभिन्न वडा जोड्ने सडकका लागि ३ करोड ९७ लाख ४५ हजार रुपैयाँ खर्च गर्ने भएको छ । त्यस्तै, कोभिड–१९ संकट व्यवस्थापनका लागि ५ करोड १० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले ११ करोड ४६ लाख रुपैयाँ चालू खर्च हुने अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिए ।