१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १४ आइतबार ०९:०९:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार १४ आइतबार ०९:०९:००

सवारी दुर्घटनामा परी रुपन्देहीमा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत ३० वर्षीय पत्रकार पाण्डे शनिबार राति पौने १२ बजे सवारी दुर्घटनामा परेका हुन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ ड्राइभरटोलनिवासी ३० वर्षीय कलाकार तथा पत्रकार पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा परी मृत्यु भएको हाे ।

प्रहरीका अनुसार बुटवलबाट घर फर्कँदै गर्दा सिद्धार्थ राजमार्गको ड्राइभरटोलमा उनी सवार कार दुर्घटनामा परेको हो ।

उनले चलाएको बा.७च ६९५९ नम्बरको कार अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । 

पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रूपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।     

घाइते भएका पाण्डेको राति पौने एक बजे बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

स्थायी घर स्याङ्जाको बिर्घा रहेका पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तिजगीत चर्चित भएको थियो ।  पाण्डे विगत पाँच वर्षदेखि न्युज २४ टेलिभिजनमा कार्यरत थिए ।