मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १३ शनिबार १६:४८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १३ शनिबार १६:४८:००

नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका– ७ का ५० वर्षीय  पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । फोक्सोको क्यान्सरका बिरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ती पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । शनिबार एक सय २० महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार तीन सय नाै पुगेको प्रवक्ता डा. गौतमले बताए ।  जसमा एक हजार तीन सय ६९ महिला र १० हजार नाै सय ४० पुरुष रहेका छन् ।

शनिबार पिपिआर विधिबाट चार हजार ६ सय ६ गरी आजसम्म दुई लाख १० हजार आठ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट तीन हजार ६ सय ८५ गरी आजसम्म दुई लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा ६५ हजार सात सय १२ जना रहेका छन् । यस्तै नाै हजार भार सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार एक सय ३६ गरी आजसम्म आजसम्म दुई हजार आठ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।