१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कास्की रासस
२०७७ असार १३ शनिबार ०९:३९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

गण्डकी प्रदेशमा शनिबार ३२ सङ्क्रमित थपिए, कुल सङ्ख्या आठ सय ३८ पुग्याे

उपचारपछि निको भएर ११८ घर फर्किए, दुईको मृत्यु

Read Time : > 1 मिनेट
कास्की रासस
२०७७ असार १३ शनिबार ०९:३९:००

गण्डकी प्रदेशमा शनिबार ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ सय ३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बाग्लुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुईजनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये ६ जना महिला छन् ।     

सङ्क्रमित हुनेहरूमा बाग्लुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एकजना छन् । यसैगरी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र ६ महिला, पुतलीबजारमा एक तथा वालिङमा एकजनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।     

त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुईजना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा छन् भने अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।    

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा हालसम्म बाग्लुङमा एक सय ५१, स्याङ्जामा एक सय ५८, नवलपरासीमा दुई सय १२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा एक सय दुईजनामा सङ्क्रमण पुष्टि भएको छ ।     

एक सय १८ जना घर फर्किए, दुईको मृत्यु    

त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि एक सय १८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । सङ्क्रमित दुईजनाको भने मृत्यु भएको छ । प्रदेशमा नौ हजार चार सय ५८ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमुना संकलन गरिएकामा सात हजार नाै सय ५८ जनामा सङ्क्रमण नदेखिएको र आठ सयजनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।