मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी दुबई
२०७७ असार १३ शनिबार ०७:३०:००
Read Time : > 1 मिनेट
खेलकुद

नियम परिवर्तनको संघारमा महिला क्रिकेट

Read Time : > 1 मिनेट
एजेन्सी दुबई
२०७७ असार १३ शनिबार ०७:३०:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्रिकेटलाई सुचारु गर्न गाइडलाइन्स (मार्गदिशा) बनाएको छ । पुरुष तथा महिला क्रिकेटरले अभ्यास गर्दा र अन्तर्राष्ट्रिय खेल खेल्दा कस्तो नियम पालना गर्नुपर्ने मार्गदिशामा उल्लेखित छ । आइसिसीले पुरुषकै तुलनामा महिला क्रिकेट पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन नियम परिमार्जन गर्ने तयारी गरेको छ । कोरोना माहामारीबीच नै आइसिसीले महिला क्रिकेटसम्बन्धमा एउटा खाका तयार पारेको छ । 

यद्यपि, आइसिसीले महिला क्रिकेटसम्बन्धमा बनाइरहेको नयाँ नियम बोर्डमा पुगेको छैन । आइसिसीको कार्यसमितिमा सहभागी सदस्यको बहुमतले मात्र यो नियम लागू हुनेछ । आइसिसीको खाकाअनुसार महिला क्रिकेटमा निकै हलुका बल प्रयोग हुनेछ । साथै, पिचको दूरी पनि घट्ने भएको छ । आइसिसीले गत वर्ष यस किसिमको प्रयोग गरेको थियो । प्रदर्शनीका रूपमा भएको अभ्यास खेलमा सबैले नयाँ नियम मन पराएका थिए । 

यसैबाट उत्साहित हुँदै आइसिसीले महिला क्रिकेटमा नियम परिवर्तन गर्न लागेको हो । सामान्यतया महिला तथा पुरुष क्रिकेटरले खेल्ने पिच २२ यार्ड नै हुन्छ । अब नयाँ नियमअनुसार महिला क्रिकेटरले खेल्ने पिच २० यार्डको हुनेछ । बलमा समेत फरक अनुभव खेलाडीले गर्नेछन् । महिला क्रिकेटरले फ्याँक्ने बलको तौल १४०–१५१ ग्रामसम्म हुन्छ । जबकि, पुरुष बलरले प्रयोग गर्ने बल १५५.९–१६३ ग्रामसम्म हुन्छ । 

आइसिसीले अब महिला खेलाडीको हकमा बलको तौल पनि परिमार्जित गर्ने भएको छ । छोटो पिचमा ब्याट्सम्यानभन्दा बलरलाई फाइदा पु¥याउने देखिन्छ । यसअघि २२ यार्ड पिचमा बल फ्याँक्दा १२०–१२५ किमि प्रतिघन्टाको हुन्थ्यो । अब छोटो पिचमा बल फ्याँक्दा १३०–१३५ किमि प्रतिघन्टा हुने आइसिसीको भनाइ छ । तीव्र गतिमा फ्याँक्ने महिला बलरले नयाँ नियमको फाइदा लिन सक्छन् ।

छोटो पिच हुँदा स्पिनरले यसको फाइदा उठाउन सक्दैनन् । छोटो पिचमा उनीहरूले फ्याँकेको बल स्पिडमा जाँदा बल स्पिन हुन नसक्ने सम्भावना धेरै छ । आइसिसीले जारी गर्न लागेको नियमअनुसार ब्याट्सम्यानले तीव्र गतिका बलरविरुद्ध खेल्न सहज देखिँदैन । छोटो पिचमा बलको तीव्रता हुँदा ब्याट्सम्यानले स्ट्रोक लगाउन मुस्किल पर्छ । त्यही ब्याट्सम्यान स्पिनरविरुद्ध सहजै खनिन सक्छन् ।