मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १३ शनिबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ

सरकारले १५ असारमा मनाउँदै आएको धान दिवसलाई निरन्तरता दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १३ शनिबार ०६:१८:००

सरकारले १५ असारमा मनाउँदै आएको धान दिवसलाई यसपालि पनि निरन्तरता दिने जनाएको छ । कृषि विभागले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार ‘यो वर्ष धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुनेछ । तर, यसपटक ठूलो भिडभाड र हिलो नछ्यापी दिवस मनाइने विभागका महानिर्देशक कञ्चनराज पाण्डेले जानकारी दिए ।  

खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालयमा राष्ट्रिय धान दिवस मनाइनेछ । राष्ट्रिय अर्थतन्त्रमा धानको योगदान करिब ८ प्रतिशत छ । कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने धानको उत्पादन वृद्धि गर्न सरकारले उन्नत जातको बिउ वितरण गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने, रासायनिक तथा प्रांगारिक मलको सहज आपूर्ति गर्नेलगायतका काम गरिरहेको विभागको दाबी छ । यसपालि वर्षा चाँडै सुरु भएकाले किसानले २० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपिसकेका छन् ।