१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार १२ शुक्रबार २१:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङका तीनजना कोरोनालाई जितेर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार २१:५८:००

लमजुङका तीनजना कोरोनालाई जितेर शुक्रबार साँझ घर फर्किएका छन् । डिस्चार्ज हुनेमा मध्यनेपाल नगरपालिका वडा नम्बर  ४, ६ का क्रमशः २०, ४२ वर्षीय पुरुष र बेसींसहर नगरपालिका– ३ का २१ वर्षीय महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । निको भएको तीनैजना ८ असारमा कोरोना संक्रमण पुष्टि भई जिल्ला सामुदायिक अस्पताल बेंसीसहरस्थित आइसोलेसन कक्षमा उपचाररत थिए  । उनीहरू सबै भरतबाट फर्किएका व्यक्ति हुन् ।

बाँकी १३ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । शुक्रबार पनि लमजुङमा ६ जना  संक्रमित थपिएका छन् । योसहित लमजुङमै १६ जना र लमजुङ घर भई  जिल्लाबाहिर बस्ने दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।