१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सर्केगाड गाउँपालिका–४ स्थित मुन्डीगाउँ नजिकै बाटोमा खेल्दै गरेका बालबालिका । 
२०७७ असार १२ शुक्रबार २१:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुगमका बालबालिका अनलाइनमा व्यस्त, दुर्गमका धुलोमाटोमा मस्त

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार २१:४१:००

लकडाउनका कारण देशका अन्य जिल्लामा जस्तै हुम्लामा पनि  सबै विद्यालय बन्द भए । विद्यालय बन्द भएपछि पाठयपुस्तक बोकेर विद्यालय जाने बालबालिका डोकोनाम्लो र हँसिया बोकेर घाँसदाउरामा दिन बिताइरहेका छन् । तर, यही उमेर समूहका सुगम क्षेत्रमा बस्ने बालबालिकाहरू भने इन्टरनेट, टिभी, रेडियो सुनेर,हेरेर दिन कटाउने गर्छन् । अझ कतिपय भेगमा त यिनै माध्यममार्फत पठनपाठनलाई पनि अघि बढाइएको छ ।

इन्टरनेटको पहुँच नभएको हुम्ला जिल्लाका बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने भन्ने विषय आकाशको फल आँखा तरी मर भनेजस्तै भएको सरोकारवालाहरूको बुझाइ छ । विद्यालय बन्द हुँदा हुम्लाका १५ हजार ६ सय २५ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । जिल्लामा तीनवटा रेडियो सञ्चालनमा रहे पनि जिल्ला भेगमा यसको पहुँच छैन । 

चंखेली गाउँपालिका–३ स्थित रारा आधारभूत विद्यालय मेखालामा कक्षा ५ अध्ययनरत एसु रोकायाले विद्यालय बन्द भएपछि पहिला पढेका कुरा पनि भुलिसकेको बताइन् । उनले गाउँमा रेडियो पनि नसुनिने र घर मा टिभी नभएको बताइन् । उनले भनिन्, ‘कसरी पढनु, बिहान–बेलुका आमाबुबालाई सघाउँदैमा बित्छ ।’

सरकारले अनलाइन माध्यमबाट शिक्षा दिने भनिने पनि चंखेली गाउँपालिकामा फोनसमेत लाग्दैन । इन्टरनेटको त सम्भावना नै नभएको बताउँछन् महादेव उच्च माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ललित तामाङ । 

हुम्ला जिल्लाका नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली अदानचुली, ताजाँकोट गाउँपालिकामा इन्टरनेट र सूचना प्रवाहका अन्य माध्यमको पहुँच छैन । प्रविधिको पहुँचबाट टाढा भएपछि कतिपय बालबालिका दिनभर धुलो र हिलो खेलेर बिताउने गर्छन् । विद्यालय बन्द भएपछि शिक्षकहरू भने आ–आफ्ना घरमा बस्दै आएका छन् ।