Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार १२ शुक्रबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइन अवधि १४ दिन, पिसिआर रिपोर्ट १८ दिनमा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार १२ शुक्रबार १६:३१:००

भारतबाट स्वदेश फर्किएका कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका दुई महिलासहित १३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा महाकाली नगरका १३ जना स्थानीयमा कोरोना पुष्टि भएको हो । दुई महिलासहित सबैजना भारतबाट आएका व्यक्तिहरू रहेको नगरपालिकाले जनाएको छ । 

महाकाली नगरका प्रवक्ता दिलबहादुर सिजालीले आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका उनीहरूको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको बताए । ‘२८ जेठमा उनीहरूको स्वाब नमुना संकलन गरेर पठाएका थियौँ,’ ‘प्रवक्ता सिजालीले भने, ‘करिब तीन साता पुग्नै लाग्दा रिपोर्ट आयो ।’ 

कतिपय क्वारेन्टाइनबाट घर पठाइएका छन् । कतिपय क्वारेन्टाइनमै रहेको बताउँदै प्रवक्ता सिजालीले ढिला गरी रिपोर्ट आउँदा समस्या भएको बताए । ढिलागरी रिपोर्ट आउँदा संक्रमण फैलिने खतरा रहेको उनले बताए । संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको बताउँदै उनले उपचारका लागि महाकाली अस्पताल लैजाने तयारी भइरहेको बताए ।