Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2020
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १२ शुक्रबार १३:५७:००
प्रविधि

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेसन सुरु

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १२ शुक्रबार १३:५७:००

सूचना प्रविधि क्षेत्रको अवार्ड, आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) यही ८ असारदेखि सुरु भएको छ । 

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन १६ साउनसम्म खुला रहने जनाइएको छ । 

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । 

इन्नोभेसन इन क्राइसिस रेस्पाेन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड यस वर्षदेखि थप गरिएको संयोजक राजन लम्सालले बताए । 

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरू इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । 

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । 

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । 

याे अवार्ड सन् २०१६ देखि सुरु भएको हाे ।