Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १२ शुक्रबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोमा पुरिएको अवस्थामा एक वृद्धको शव फेला

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार १३:४२:००

सल्यानमा एक वृद्ध पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका– ६ निवासी अन्दाजी ७० वर्षीय वृद्धको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

मृतकको शव कम्मरभन्दा माथिको भागसम्म पुरिएको वस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

९ असारको बिहान घाँस काट्न जान्छु भनी घरबाट उनी निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । 

घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजिकैको डाङडङे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।