मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १२ शुक्रबार ११:००:००
Read Time : < 1 मिनेट
सेयर बजार

साधना लघुवित्तको आइपिओ असार २१ गतेदेखि बिक्री

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार ११:००:००

साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्न लागेको छ । कम्पनीले छिटो अवधि असार २४ गते र ढिलो अवधि साउन ४ गतेसम्म सात लाख सात हजार आठ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये १० हजार आठ सय ९० कित्ता कर्मचारीका लागि, ३५ हजार तीन सय ९० कित्ता सामूहिक लगानीको कोषका लागि छुट्याएको छ भने बाँकी रहेको ६ लाख ६१ हजार पाँच सय २० कित्ता आइपिओ सर्वसाधारणका  लागि बिक्री खुला गरेको हो ।

कम्पनीको आइपिओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले ग्रेड चार रेटिङ प्रदान गरेको छ । ग्रेड चार रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापुँजी १४ करोड ७७ लाख रहेको छ । आइपिओ निष्कासन बाँडफाँडपश्चात् पुँजी २१ करोड ७७ लाख पुग्नेछ ।  कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ दशमलव ५९ छ ।