मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस कास्की
२०७७ असार १२ शुक्रबार ०९:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

गण्डकी प्रदेशमा कोभिड- १९ संक्रमितको संख्या सात सय ९२ पुग्यो, एक सय एक निको  

Read Time : < 1 मिनेट
रासस कास्की
२०७७ असार १२ शुक्रबार ०९:५८:००

गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । याेसँगै यस प्रदेशमा हालसम्म कोभिड–१९ सङ्क्रमितकाे संख्या सात सय ९२ पुगेकाे हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार तनहुँमा दुई, स्याङ्जा र बाग्लुङमा एक–एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाइएको छ । आज थपिएका सङ्क्रमितहरू २३ जना पुरुष र दुई महिला छन् ।     

सङ्क्रमित हुनेमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

अहिले सबैजना सङ्क्रमितलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।यस प्रदेशमा मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई सङ्क्रमितको मृत्यु भइसकेको छ भने एक सय एकजना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।