मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ असार ११ बिहीबार २१:१६:००
Read Time : < 1 मिनेट
समाचार

कर्णाली प्रदेश अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ असार ११ बिहीबार २१:१६:००

कर्णाली प्रदेश अस्पतालमा कार्यरत नौ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द भएको छ । बिहीबार अस्पतालमा कार्यरत नौजना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।  

चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सेवा लिन आउने सेवाग्राहीलाई संक्रमण नफैलियोस् भनेर केही दिनका लागि बन्द गरेको अस्पतालका निर्देशक डम्बर खड्काले बताए । ‘केही दिनका लागि आकस्मिकबाहेकका अन्य सेवा बन्द गरिएको छ,’ उनले भने, ‘कोरोना संक्रमण फैलावट हेरेर अस्पताल पुनः सञ्चालनमा आउनेछ ।’