१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ११ बिहीबार १३:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चट्याङ लागेर सप्तरीमा चारको मृत्यु, एक गम्भीर

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार १३:५८:००

सप्तरीमा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान सप्तरीको हदेवा गाउँपालिका– २ का २७ वर्षीय बेचन यादव, ६० वर्षीय छेदी ठाकुर, डाक्नेश्वरी गाउँपालिका– ९ लक्षणपट्टीकी ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका– २ बेल्ही चपेनाकी ४६ वर्षीया केसी साहको मृत्यु भएको छ । साह शिक्षकसमेत हुन् ।

महदेवा गाउँपालिकाका दुवैजना कोसी नदीमा नुहाउन गएको वेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिलक भारतीले बताए । डाक्नेश्वरी गाउँपालिकाकी ललिता धान रोप्न गएको अवस्थामा र शिक्षक केसी खेतमा काम गर्न लागेको वेला चट्याङ लागेको  प्रवक्ता भारतीले बताए ।

यता राजगढ गाउँपालिका– २ बेल्ही चपेनाकी १८ वर्षीया किशोरी आशा मण्डल घरमै काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छिन् । घाइते मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मण्डलको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।