मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडाैं
२०७७ असार ११ बिहीबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार

मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
२०७७ असार ११ बिहीबार १३:३१:००

देशका अधिकांश भूभागमा बिहीबार आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यूनचापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले बताइन् । उनका अनुसार बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, ५, बागमती, गण्डकी  तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।