सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने सातजना पक्राउ
चिट्ठा परेको भन्दै सर्वसाधारणलाई सामाजिक सञ्जालमार्फत ४० लाख रुपैयाँ ठगी गर्ने सातजना पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखाबाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले फेसबुक, भइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरी नेपाल सरकारका अधिकृतलाई समेत ठगेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने झापा भद्रपुरका २४ वर्षीय पुकार बर्मा, काभ्रे सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहट गौरका १९ वर्षीय आकाश अग्रवाल, १९ वर्षीय एक भारतीय नागरिक, २२ वर्षीय एमडी सर्फराज, रौतहट गौरका १८ वर्षीय एस अग्रवाल, पर्सा वीरगन्जका ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनिल साह रहेका छन् ।
प्रहरीका अनुसार चिट्ठा पर्ने प्रलोभनमा परी पीडितले घरसमेत धितोबन्धक राखेको प्रहरीको भनाइ छ । पीडितको उजुरी आएपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । सोही क्रममा उनीहरू पक्राउ परेका हुन् ।