१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागरिकता विधेयक प्रकरणमा देउवा भन्छन्– महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार १९:३६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकतामा महिला र पुरुषलाई विभेद गर्न नहुने बताएका छन् । संविधानले नै समानता सुनिश्चित गरेको भन्दै देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई समेत नागरिकतामा विभेद नगर्न आग्रह गरेका छन् । 

‘महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ,  हाम्रो संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि,’ देउवाले भनेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नुहुँदैन ।’

देउवाले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको विधेयक सच्याउन पनि माग गरेका छन् । ‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा, मर्मअनुरूप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु,’ देउवाले भनेका छन्