१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १० बुधबार १६:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विश्व बैंकले दिने १२ अर्ब रुपैयाँको सहुलियत ऋणको सम्झौतामा हस्ताक्षर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १० बुधबार १६:३६:००

विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कोरोना संकटविरुद्ध लड्न र विद्युत् क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिटअन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।