मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मनीष खड्का रुकुमपश्चिम
२०७७ असार १० बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार

सोती मुद्दाको थुनछेक बहस सकियो, आदेश आजै आउँदै 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुमपश्चिम
२०७७ असार १० बुधबार १६:०२:००

सोती मुद्दाको थुनछेक बहस बुधबार सकिएको छ । रुकुम जिल्ला अदालतमा शुक्रबारदेखि सुरु भएको थुनछेक बहस सकिएको हो ।

बुधबार प्रतिवादीतर्फका तीनजना वकिलको बहस र एकजना सरकारी वकिलले वादी र जाहेरीवालाका तर्फबाट प्रतिबहस गरेसँगै थुनछेक बहस सकिएको रुकुम जिल्ला अदातलका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

उनले थुनछेक बहस सकिएकाले आजै आदेश जारी हुने बताए । यस मुद्दामा वादी र जाहेरीवालाका तर्फबाट १६ जना र प्रतिवादीका तर्फबाट सातजना वकिलले बहस गरेका थिए । 

जिल्ला सरकारी वकिल कार्यालयले गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको भन्दै ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेकाे छ । ३३ जनालाई ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गर्दै जन्मकैददेखि आजीवन काराबाससम्मको कैद सजायको माग गरिएकाे छ । 

एकजनालाई भने मतियारको कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा परेका ३४ जनामध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँचजना फरार छन् । चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो ।