१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १० बुधबार १२:५०:००
Read Time : < 1 मिनेट
अर्थ

व्यवसायहरूको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १० बुधबार १२:५०:००

नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायहरूको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ । कोभिडको संक्रमणका कारण मारमा परेका व्यवसायीहरूले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरू ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण कसैले पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी नीतिहरू बन्ने बताए । 

उनले भने, ‘कुनै उद्यम व्यवसाय स्वास्थ्यको हिसाबले थला नपरोस् । भोलि रिकभर हुन सकोस्, अहिले अप्ठेरो परे पनि भोलि ऊ पुनर्स्थापित हुन सकोस्र र आफ्नो व्यवसायलाई निरन्तरता दिन सकोस् भन्ने हिसाबले हाम्रा नीतिहरू बन्ने छन् । त्यसको लागि मौद्रिक नीतिले आफूले सक्ने काम गर्नेछ ।’

अहिले अति प्रभावित, मध्यम प्रभावित कम प्रभावित व्यवसायहरूको विश्लेषण भइरहेको उल्लेख गर्दै उनले भने, ‘मौद्रिक नीतिका पनि आफ्नै सीमा छन्, सबै कुरा यसैले निराकरण गर्न सक्दैन । यसले गर्न सक्ने मौद्रिक नीति अथवा यसभित्रको वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हदसम्मको उपचार दिन सक्छ त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमको प्राथमिकीकरण गरेर उपचार खोज्छौँ ।’

सरकारले आगामी आर्थिक वर्ष सात प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि कोरोनाको अनिश्चितता नहट्दासम्म कुनै पनि कुराको टुंगो नहुने उनले बताए ।