मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १० बुधबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार

मिर्चैया क्षेत्रमा डुबान कटान रोक्न सतह ढल निर्माणको काम सुरु

Read Time : < 1 मिनेट
२०७७ असार १० बुधबार ११:१४:००

व्यवस्थित ढलको अभावमा सामान्य वर्षामा पनि हुँदै आएको डुबान र कटान रोक्न सिराहाको मिर्चैया क्षेत्रमा सतह ढल निर्माण थालिएको छ । खानेपानी मन्त्रालयको खानेपानी तथा ढल निकास विभाग र मिर्चैया नगरपालिकाको साझेदारीमा ३६ करोड ३३ लाख ६१ हजार पाँच सय ७१ रुपैयाँको लागतमा सतह ढल निर्माण थालिएको हो । 

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले मंगलबार अपराह्न सतह ढल निर्माणको शिलान्यास गरे । नगरप्रमुख यादवले सतह ढल निर्माणले मुख्य बजार क्षेत्रमा पर्ने मिर्चैया ४, ५ र ६ नं. वडामा हरेक वर्षामा हुँदै आएको डुबान र कटान रोक्ने बताए ।

‘ढल निर्माणले बाटो, सडक, पुलपुलेसाको सुरक्षा हुनुका साथै डुबानको समस्या सधैँका लीग अन्त्य हुनेछ,’ उनले भने, ‘मिर्चैया क्षेत्रकाे व्यवस्थित विकासका लागि बनाइएको गुरुयोजनाको पहिलो प्राथमिकतामा परेको ढल निर्माण समयमै गुणस्तरीय ढंगले सम्पन्न हुनेछ ।’  

आगामी १६ पुसमा सम्पन्न हुने गरी थालिएको ढल मिर्चैयाको कटारी चोकदेखि साढे सात सय ५० मिटर उत्तरतर्फ कटारी सडकको दायाँ–बायाँ एक दशमलव चारदेखि ६ मिटर चौडाइको  रहनेछ । 

ढल निर्माणको पहिलो चरणमा पूर्व–पश्चिम सडकको मिर्चैया खण्डमध्ये पश्चिममा जीवा खोलादेखि पूर्व बतहा खोलासम्म सडकको दुवैतर्फ साढे ६ किलोमिटर ढल निर्माण गरिने योजना रहेको निर्माण कम्पनी विकोइ बिल्डस् योेगी जेभीका साइट इन्जिनियर कुशल महतोले बताए ।