मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ९ मंगलबार १८:१५:००
Read Time : < 1 मिनेट
खेलकुद

सिरिएमा रोनाल्डोले बनाए नयाँ रेकर्ड

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार १८:१५:००

युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरिए लिगमा नयाँ रेकर्ड बनाएका छन् । पोर्चुगाली खेलाडीका रूपमा रोनाल्डोले सिरिएमा सर्वाधिक गोल संख्याको रेकर्ड बनाएका हुन् ।

लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा रोनाल्डोले बोलोग्नाविरुद्ध पहिलो हाफमा पेनाल्टी गोल गरेका थिए । समग्रमा उनले लिगमा ४३ गोल संख्या पुऱ्याएका छन् । रोनाल्डोले पोर्चुगलकै रुई कोस्टाका रेकर्ड तोडेका हुन् । उनले सिरिएमा ४० खेलबाट ४२ गोलको रेकर्ड राखेका थिए । यसमध्ये १० गोल रुईले म्याच विनिङका रूपमा गरेका थिए । रुई सन् १९९४ देखि २००६ सम्म सिरिएमा आबद्ध थिए । यसबीच उनले फ्लोरिन्टा र एसी मिलानबाट प्रतिस्पर्धा गरेका थिए । 

यता रुईलाई विस्थापित गरेका रोनाल्डोले चालू सिरिजमा २२ गोल संख्या पुऱ्याएका छन् । सन् २०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टससँग आबद्ध भएका थिए । आबद्ध भएकै सिजनमा उनी लिग च्याम्पियन बन्न सफल भएका थिए । दश वर्ष  म्याड्रिडमा रहँदा रोनाल्डोले दुई सय ९२ खेलमा तीन सय ११ गोल गरेका थिए । स्पेनिस लिगामा सर्वाधिक गोल गर्ने कीर्तिमान बार्सिलोनाका लियोनल मेसीको नाममा छ । मेसीले अहिलेसम्म चार सय ४० गोल गरिसकेका छन् ।