Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ९ मंगलबार ११:१७:००
Read Time : < 1 मिनेट
अर्थ

सुक्खा बन्दरगाहमा राखिएका निर्माणका साधन बाढीले बगायो

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार ११:१७:००

अविरल वर्षासँगै आएको बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा रहेको एउटा टिपर, एउटा जेसिभी र एउटा लोडर बगाएको छ । 

वर्षासँगै आएको बाढीले सुक्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएका ती साधनहरू बगाएको सशस्त्र प्रहरीको २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए । 

बाढीको जोखिममा रहेका सुक्खा बन्दरगाहका अन्य ६ वटा सवारीसाधनलाई भने सुरक्षित स्थानमा सारिएको उनले बताए । 

त्यस्तै बन्दरगाह निर्माणका लागि कामदार बस्दै आएको आवासमा समेत बाढीले क्षति पुऱ्याएको थापाले बताए । 

कामदार बस्ने घरको पछिल्लोपट्टिको छेउ पानीको छालले हान्दा भत्किएको छ । 

११ जना कामदारलाई राति नै सुरक्षित ठाउँमा सारेको र सुक्खा बन्दरगाह बाढीको उच्च जोखिममा परेको उनले बताए । 

त्यस्तै सुक्खा बन्दरगाहनजिकै रसुवागढी जलविद्युत् आयोजनामा जाने पुलमा समेत बाढीले क्षति गरेको थापाले बताए । 

उनले पुलको छेउछेउको भाग सबै भत्काएर बीचको भाग मात्र बाँकी रहेको जानकारी दिए ।