मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ९ मंगलबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार १०:०३:००

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । लमजुङ कारागारको हालको क्षमता ३५ भए पनि क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागारमा अहिले ७३ जना कैदीबन्दी छन्  । 

कारागारका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेकोबढ्यै भयो,’ उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरूलाई बस्न समस्या भएको छ ।’

हाल कारागारमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दीको सङ्ख्या बढी छ । ०२८ सालमा स्थापना भएको कारागारमा कार्यालयसहित दुईवटा भवन छन् । कारागारका कैदीहरूले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आफूहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको बताउँदै आएका छन् ।