मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ९ मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
अर्थ

उद्योग वाणिज्य महासंघको अधिवेशन २६-२७ साउनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ९ मंगलबार ०९:४९:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा अधिवेशन २६–२७ साउनमा हुने भएको छ । महासंघको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी साधारणसभा तथा अधिवेशनको मिति निर्धारण गरेको हो ।   

महासंघ पदाधिकारीको आइतबार बसेको बैठकले साउनको अन्तिम साता महासंघको साधारणसभा गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई अनुमोदन गर्दै कार्यसमितिको बैंठकले निर्वाचनको मिति तोकेको हो । साधारणसभा तथा अधिवेशन ललितपुरको हेरिटेज गार्डेनमा गर्नेसमेत निर्णय गरेको हो ।

महासंघको विधानले निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षलाई तोकेको छ । विशेष परिस्थितिमा कार्यकाल ३ महिनासम्म मात्रै लम्ब्याउन सकिन्छ । म्याद अवधि सकिएको तीन महिना सकिएपछि कार्यसमिति वैधानिक हुन सक्दैन । तर, कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्दै साउन अन्तिममा निर्वाचन गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

‘विधानअनुसार चैत अन्तिममै साधारणसभा गर्नुपर्ने थियो, तर कोरोना महामारी र लकडाउनका कारण सम्भव भएन, विशेष परिस्थितिमा तीन महिनाभित्र चुनाव गर्नुपर्ने थियो, तर त्यो पनि सम्भव भएन,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत लकडाउनको अवधिलाई शून्य अवधि मानेको छ, त्यही आधारमा हामीले बाधा अड्काउ फुकाउ गरेर २६–२७ साउनलाई साधारणसभा र चुनावको मिति तोकिएको हो ।’